सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय समितिमा म्याग्दीबाट पाँचजना यूवा केन्द्रिय सदस्यमा मनोनित भएका छन् । राष्ट्रिय युवा संघको केन्द्रिय समितिमा साविकको वाइसियल र साविक युवासंघ नेपालबाट केन्द्रिय सदस्यमा चयन भएका हुन् । चयन हुनेमा यूवा संघका तत्कालिन विदेश विभाग प्रमुख सन्तोष रावल, यूवा संघका पूर्व केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्मा, यूवा संघ म्याग्दीका पूर्व अध्यक्ष दिनेश केसी,माओवादीको यूवा संगठन साविक वाइसियलबाट जिल्ला अध्यक्ष भोजबहादुर थापा ‘कुमार’ र पूर्वप्रधानमन्त्री प्रचण्डका सचिवालयमा समेत काम गरेका पुनम खड्का रहेका छन् ।

केन्द्रिय सदस्यमा मनोनित रावलले यसअगाडी समेत यूवा संघमा महत्वपूर्ण जिम्मेबारी सम्हालेकाले उनलाई थप जिम्मेबारी प्राप्त हुने सम्भावना छ ।त्यस्तै केन्द्रिय नेतासँगको पहुँचमा रहेका यूवा नेताले सचिवालय तथा महत्वपूर्ण जिम्मेबारीका लागि लविङ सुरु गरेका छन् । संघको ३३२ सदस्यहरूको नाम पारित भएको हो। ३३५ सदस्य रहेन संघका रिक्त रहेका सदस्यहरू साविक वाइसियलबाट मनोनित गरिने संघका सहइन्चार्ज एवं संयोजक रामप्रसाद सापकोटा दिपशिखाले विज्ञप्ती निकालेर जनाएका छन्।