धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक स्थल ताकमकोतमा सूचनामूलक होडीङ बोर्ड स्थापना भएको छ । ताकमको धवलागिरी जनयुवा क्लवले कोतको जगन्नाथ मन्दिर परिसरमा बोर्ड राखेको हो । ऐतिहाँसिक ताकमकोत र दुई हजार ५०० मिटर उचाई भएको जानकारी बोर्डमा उल्लेख छ । ताकमकोतको प्रचारप्रसार गर्न सहयोग पुगोस भनेर बोर्ड स्थापना गरेको क्लवका सदस्य जिवन पौडेलले बताउनुभयो ।

क्लवका अध्यक्ष अनिष भण्डारीको नेतृत्वमा युवाहरुको टोलीले बोर्ड राखेका थिए । बोर्डलाई पृष्ठ भूमिमा पारेर तस्बिर खिच्न सकिनेछ । जसबाट ठाउँको परिचय पाउनेछन् । बाइसे चौबिसे राज्यका पालामा बनाइएको ताकमकोत र जगन्नाथ मन्दिरको पुननिर्माण गरिएको छ । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका हिमाल, पहाडी भूगोल र ग्रामिण बस्तिको अवलोकन गर्न सकिन्छ ।