आफ्नै कर्मचारीलाई बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले प्रकाउ गरेको छ । बालुवाटार स्थित सरकारी निवासबाट महरालाई प्रहरीले प्रकाउ गरेको हो ।महराले संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई रोशनी शाहीलाई बलत्कार गरेको कर्मचारी शाहीले हाम्राकुराडटकम मार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए ।

महरा शाहीको कोठामा गएको पुष्टी भइसकेको छ । बलत्कारको आरोप लगाउने शाहीले पछि भने संचारमाध्यममा आफुले आवेगमा आएर बताएकी थिइन् । तर,शुक्रबार उनले फेरी महरा विरुद्द उजुरी दिएकी थिइन् । महरालाई प्रकाउ गर्नको लागि अदालतको अनुमति चाहिन्छ । आइतबार प्रहरीले जिल्ला अदालतमा महरालाई प्रकाउ गर्नको लागि अनुमति मागेको थियो । अदालतले अनुमति दिएको थियो ।फौजदारी अभियोगमा मुद्दा दायर भएसँगै उनको सांसद् पद समेत स्वत निलम्बन भएको छ ।