बेनीको न्यु वेष्ट पोइन्ट कलेजको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरु आवद्ध इनफेक्चुयल ब्याचलर्स समूहले दसैका लागि आइतबार म्याग्दी बालगृहमा आश्रित अनाथ बालबालिकाहरुलाई नयाँ कपडा वितरण गरेको छ ।१३ जना बालबालिकालाई एक÷एक थान नयाँ कपडा वितरण गरेको हो ।

समूहको सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार विश्वकर्मा र सचिव कृष्ण विश्वकर्मा, नेपाल बाल संगठन म्याग्दीका सचिव ज्ञान गिरी र कोषाध्यक्ष जयन्द्र श्रेष्ठले कपडा वितरण गर्नुभएको थियो । शिक्षालाई समाजसँग जोड्ने उद्देश्यले बनाइएको समूहको पहलमा विद्यार्थीहरुको नेतृत्व, क्षमता विकास र विभिन्न सामाजिक कार्यक्रम भएको छ । यसअघि भिरदुलाको डिलमा पर्यटन प्रर्वद्ध बोर्ड, ब्याजलर कप, भ्यालेनलाइनको अवसरमा कविता वाचन प्रतियोगिता, उद्घोषण तथा भाषणकला तालिम सञ्चालन भएको छ ।