दशैंमा खसीको मासुका परिकारहरु बनाउन सोँच गरिरहनुभएको छ, भने त्यस सम्बन्धी हामीले केहि टिप्स तपाईमाझ प्रस्तुत गर्दैछौं । दशैंको आगमनसँगै नेपालमा विस्तारै जाडो याम पनि सुरु भइरेको छ । यस्तो समयमा खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । खसीको मासुको थरि थरिका परिकार बनाएर खाएको मज्जा नै बेग्लै हुन्छ ।

साथै अधिकांशले यस प्रकारका परिकारहरु मन पराउँछन् । खसीको मासुका कुन परिकार कसरी बनाउने ?

१. खुट्टाको सुपः

खसीको खुट्टा पिस पारेको अदुवा, लसुन, खुर्सानी, नुन स्वादअनुसार, र ज्वानो आदी ठीक तरिकाले राखेर बनाएमा असाध्यै मिठो हुनको साथै शरीरलाई चाहिने शक्ति समेत प्राप्त गर्न सकिन्छ ।

२. ह्याकुलाको छोइलाः

सबै भन्दा पहिले ह्याकुला आगोमा पाक्ने गरी पोल्ने । त्यसपछि टुक्रा पारेर आधा घण्टासम्म छोपेर राख्ने । अब त्यसमा तेलबाहेक सबै मसला हालेर मोल्ने । आधा घण्टापछि तेलमा मेथी फुराएर झान्ने । धनियाँको पातले सजाएर भोजन गर्ने ।

३. साँधेको टाउकोः

सबैभन्दा पहिले टाउकोलाई चार भागमा विभाजन गरेर प्रेसर कुकरमा मासु र हड्डी छुट्टिने गरि उमाल्ने । त्यसपछि मासु र हड्डी अलग(अलग गरि टुक्रा पार्ने । अब त्यसमा तेलबाहेक सबै मसला हालेर मोल्ने । तोरीको तेलमा मेथी फुराएर झान्ने ।

४. साँधेको कलेजोः

पहिले पानी उमाल्ने र त्यसमा सिंगो कलेजो डुबाएर आधा घण्टासम्म छोपेर राख्ने । त्यसपछि बाहिर पाकेको र भित्र काँचो कलेजो पर्ने गरी टुक्रा पार्ने ।

लसुन र अदुवाको पेस्ट, धनियाँको धूलो, आधा कप धनियाँको पात, खुर्सानी (मसिनो गरी काटिएको), रातो खुर्सानीको धूलो स्वादअनुसार, तोरीको तेल झान्नका लागि, नुन स्वादअनुसार राख्ने ।

५. सुख्खा मासुः

सबैभन्दा पहिले दही फिट्ने, मासुमा एक ठूलो चम्चा तोरीको तेल, बेसार, नुन तथा दही हालेर करिब दुई घण्टा राख्ने, एउटा कराहीमा तेल तताउने, अनि त्यसमा कोरेको अदुवा तथा लसुन हालेर केही बेर भुट्ने, मोलेर राखेको मासु हाल्ने र केही बेर चलाउने ।अब आगो सानो गरेर लगभग आधा घण्टा वा मासु नरम हुन्जेलसम्म पकाउने । जब मासु पाकेर सुख्खा हुन्छ। Source: News24nepal.tv

Leave a Reply