केहीदिन यता मौसम सफा भएकाले देशैंभरी तापक्रम बढेपनि वडादसैको अघिल्लो दिन महानवमीको राती बर्षासँगै यस वर्षको बडादशैं हिले दशैं हुने भएको छ । मौसम सफा भएसँगै दशैंलाई लक्षित गरी ग्रामिण सडक मर्मत तथा स्तरउन्नती गरिएपनि महानवमीको दिनको बर्षाले हिलाम्मे सडक हुदै दशैं मान्न जानुपर्ने भएको छ । भारी वर्षा भइरहेकाले बडादशैको दिन सर्वसाधारणलाई आवतजावतमा सास्ती हुने भएको छ । मौसम पूर्वानुमान महाशाखालेयस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश नछाडेकाले दशैंमा बर्षा हुने बताउँदै आएको थियो ।

भारतको गुजरात र अरब सागरमा रहेको न्यूनचापीय रेखा डिप्रेसनमा परिवर्तित भएको छ । यस प्रणालीकै कारण बङ्गालको खाडी र अरब सागर दुवैतिरको जलवाष्पयुक्त वायु तानिएर नेपालतर्फ आउने भएपनि दशैंको दिन मौसम सफा हुनसक्ने अनुमान गरिएको छ । महानवमीको राती बर्षाले सडक हिलाम्मे भएपनि मौसम सफा भए दशैं मान्न जानेलाई केही राहत हुने देखिन्छ । बढीजसो यसपालिको वर्षाको प्रभाव गण्डकी, प्रदेश ३ का साथै प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा कायम रहने मौसमविद समीर श्रेष्ठले बताए ।

‘तर दशैंमा आवतजावत गरिरहने सर्वसाधारणले धेरै ठूलो चिन्ता लिनुपर्दैन’, श्रेष्ठले भने, ‘लगातार र ठूलो दर्के पानी पर्दैन, त्यसैले बाढी पहिरोको जोखिम कम छ । तर मनसुन जाँदै गर्दाको बादल भएकाले बिजुली चम्कने र चट्याङ पर्नसक्ने खतरा भने कायमै छ ।’असोजभरि नै बादल नेपालको आकाशमा देखिने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।

८ बर्ष अगाडी दशैंको दिनमा परेको बर्षामा अर्थुङे क्षेत्रमा यात्रा गदैं गरेका सर्वसाधारण। फाईल तस्विर

विज्ञापन