सिन्धुपाल्चोकको भोटसिपामा आज बिहान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार यसरी मृत्यु हुने ३ महिला, ६ पुरूष र १ बालक रहेका छन्।

उनीहरूको पहिचान हुन बाँकी रहेको छ।बा २ ख २७१५ नम्बरको बस आज शुक्रबार बिहान करिब १० बजेतीर इन्द्रावती गाउँपालिका-१०को भोटसिपा स्थित बडहरे चोकमा दुर्घटनामा परेको हो।इन्द्रावती गाउँपालिका-९ सिपाटारबाट काठमाडौं आउँदै गरेको बस सडकबाट २ सय मिटर तल खसेको थियो। बसमा ४५ देखि ५० जना यात्रु सवार रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार छ। nagariknews

 

विज्ञापन