जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘बेस्ट पुलिस अफ् द मन्थ अवार्ड’बाट अपराध अनुसन्धान शाखामा कार्यरत धन बहादुर थापालाई सम्मान गरेको छ । शुक्रबार आयोजित ६४ औं प्रहरी दिवसको अवसरमा जिल्लामा अपराध, अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेका थापालाई समारोहमा संविधान सभाका सदस्य गोविन्द पौडेलले कदरपत्रले सम्मान गरेका हुन् । गत बैशाख महिनादेखि राम्रो काम गर्ने व्यक्ति ओझेलमा नपर्ने भन्दै प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले हरेक महिना उत्कृष्ट कार्यसम्पादन गर्नेलाईअवार्डको घोषणा गरी पुरस्कृत गर्नेे कार्यको सुरुवात गरेका थिए ।

साङ्गठनिक नीति तथा प्राथमिकतालाई अनुसरण गरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न र कार्यसम्पादनमा सफलता प्राप्त गर्ने उद्देश्यसहित पुसिल अफ द मन्थ सुरु गरिएको थियो ।यसअगाडी सम्मान प्राप्त गर्नेहरुले समुदायमा राम्रो कामको मुल्याङ्कन समेत गरिएको थियो। पुलिस अफ् द मन्थ कार्यक्रम छनोटका लागि प्रहरी निरीक्षकको अध्यक्षतामा ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । उत्कृष्ट अवार्डले प्रहरीलाई समेत आफ्नो पदिय जिम्मेबारीप्रति सर्तकता सँगै अवार्डका लागि लक्ष्य अनुसारको कार्यसम्पादनमा समेत प्रतिस्पर्धा गर्ने गरेको देखिएको छ ।

विज्ञापन