अमित विश्वकर्मा/खेलकुद क्षेत्रको विकासमा प्राथमिकता दिने मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताएका छन् । जिल्लामा खेलकुद को क्षेत्रमा सम्भावना भएकाले पनि खेललकुद गतिविधिसँगै खेलमैदानको विकासमा समेत आवशयकता अनुसार सहयोग गर्ने अध्यक्ष रोकाले बताए । आधारभुत तहदेखि नै खेलकुद गतिविधिलाई शिक्षासँगै लैजाने योजना रहेको अध्यक्ष रोकाको भनाई थियो ।

गाउँपालिका ३ बरंजा आर्भाङमा रहेको गतिशील युवा क्लबको नब निर्मित बहुउद्देश्यीय खेल मैदानको उद्घाटन कार्यक्रममा अध्यक्ष रोकाले एक वडा एक खेलमैदानलाई ब्यवस्थित तथा विद्यालयस्तरमा समेत मिनी खेलमैदान मार्फत बालबालिकालाई खेलकुद गतिविधिमा समेत आर्कषित गर्ने बताए । क्लब द्वारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बिजयादशमी मेलाको अबसरमा सो मैदानको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा खेलमैदान प्याराफिट निर्माण, स्टेज निर्माण र भवन निर्माणमा समेत गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै सोही अबसरमा अध्यक्ष रोकाले जग्गा खरिदमा क्ल्बलाइ लागेको ऋण तिर्न भनी ब्यक्तीगत रुपमा रु २ लाख सहयोगको घोषणा गर्नु भएको थियो । वडा नं ३ का अध्यक्ष कबिन्द्र रोकाले बहुउद्देश्यीय खेल मैदान निर्माणले स्थानियलाइ सहज हुने बताए । खेलकुद मात्र नभै विभिन्न सभा, समारोह, भेला, सिबिर, र अन्य सार्बजनिक कार्यक्रम गर्न समेत यस मैदानले सहयोग पुर्याउने बताए । उनले क्लबलाई ५० हजार सहयोग गरेका थिए ।

कार्यक्रममा नेकपा मंगला गाउँपालिकाका सचीव याम रोका, नेकपा मंगला ३ गाउँकमिटि अध्यक्ष मोहनलाल सापकोटा, ४ का गाउँ कमिटी अध्यक्ष कलाधर कडेल, महेन्द्र रत्न माबिका प्रअ कृष्णलाल सापकोटा, धौलागिरी माबी सिङ्गाका प्रअ दण्डपाणि सापकोटा, भुपु खेलाडी कुल बहादुर रोका, क्लब का भुपु अध्यक्ष रन बहादुर बुढाथोकी लगाएतले सुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बरंजाका खेलाडीहरु कुल बहादुर रोका, योगेन्द्रमान शेरचन, रन बहादुर रोका र कलाधर कडेललाइ भलिबलखेलमा पुराएको योगदानको उच्च कदर गर्दै क्लब द्वारा सम्मान पत्रले सम्मान गरिएको थियो । नौमती बाजा र भजन झाकी र विविध सांस्कृतिक प्रस्तुती सहितको उद्घाटन समारोह क्लब अध्यक्ष खिमनाथ आचार्यको अध्यक्षता र सञ्चारकर्मी अमित बिश्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो ।