प्रहरीका गतिविधिमा राजनीतिक दबाबको औचित्य नभएको म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । अपराधिक गतिविधिमा संलग्नलाई कुनैपनि दबाबबाट उन्मुक्ती दिने प्रयास नै अपराधको संरक्षण भएकाले प्रहरीले दबाबलाई अस्वीकार गदैं निस्पक्ष न्या निरुपण गर्नुपर्ने बताएका थिए ।

६४ औं प्रहरी दिवसको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले नेपालमा परिवर्तनका लागि गरिएका आन्दोलनमा प्रहरीको भूमिको स्मरण गदैं विगतका प्रहरी र अहिलेको प्रहरीका धेरै फरक रहेको बताए । उनले कुनैपनि दवावलाई वास्ता नगरी प्रहरीले निस्पक्ष अनुसन्धान गर्दा नागरिकमा प्रहरी प्रतिको विश्वास थप उचाईमा पुग्ने बताए ।सोही अवसरमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले प्रहरी पहुँचको आधारमा नभई विधि अनुसार चल्ने गरेको बताए ।प्रजिअ ढकालले प्रहरीको अनुसन्धानमा शंका गर्नुपर्ने ठाउँ नभएको बताए ।

उनले निर्वतमान सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा बादलकै भाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको उदाहरण दिदै प्रहरीले कानुनले दिएको जिम्मेबारी अनुसार राज्यका उच्च पदमा आसिनले गरेको अपराधलाई समेत अनुसन्धान गर्न सक्ने बताए । उनले प्रहरीलाई समुदायले सहयोग गरेमा शान्ति स्थापनामा सहज हुने बताए । कार्यक्रममा भुपु प्रहरी संघका खुमबहादुर थापा,पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तब्य राखेका थिए ।

दिवसको अवसरमा नेकपाका म्याग्दी अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, राप्रपाका जिल्ला अध्यक्ष बीरबहादुर थापा, धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पु्न, बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल, बेनी नगरपालिका वडा नं ६का अध्यक्ष कृष्णबहादुर बानियाँ, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिका ६ का अध्यक्ष कृष्णप्रसाद बरुवाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेबापत केन्द्रिय कार्यालयबाट प्रहरी निरिक्षक धुर्ब शर्मा सहित प्रहरीलाई सम्मान तथा खेलकुद गतिविधिमा उत्कृष्ट प्रनाउ मरासिनी लगाएतको टोलीलाई सम्मान गरिएको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनी, सञ्चालन प्रहरी निरिक्षक धुर्ब शर्मा, स्वागत इलाका प्रहरी कार्यालय दरबाङका प्र्रहरी निरिक्षक रामप्रसाद पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा सेवाअवधिमै सहिद भएका प्रहरीको सम्झना गरिएको थियो ।