बेनी-पोखरा रुटमा चल्ने ट्याक्सीको लुट, रिजर्वको ६ हजार भाडा

म्याग्दीको सदरमुकाम बेनीदेखि पोखरा चल्ने ट्याक्सीले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । चाडपर्वको मौकाछोपी बेनी–पोखरा रुटमा चल्ने ट्याक्सीले रिजर्वमा ६ हजारसम्म भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन् । चाडपर्वमा विषेश शुल्क लाग्ने भन्दै ट्याक्सीले ५ हजार देखि ६ हजार भाडा लिने गरेको एक यात्रुले बेनीअनलाइनसँग गुनासो गरे ।

‘दर्शैं अगाडी २६ सयमा रिजर्व हुन्थ्यो,‘अहिले ६ हजार भन्छन्’ पोखरा जाँदै गरेका प्रकाश आचार्यले भने । उनका अनुसार बेनीबाट पोखरा रुटमा चल्ने अधिकांस ट्याक्सीको एउटै भाडा भन्ने गरेका छन् । साविकको भन्दा दुईगुणा भाडा लिने गरेको ट्याक्सी चालकले दशैंको बेलामा विगतमा पनि यस्तै भाडा लिने गरेको तर्क समेत गर्ने गरेको यात्रुको भनाई छ ।

दशैं अगाडी प्रतिब्यक्ति ६ सयको आधारमा चारजना यात्रुको भाडा लिने गरिन्थ्यो । पोखरा रुटमा चल्ने सार्वजनिक बसमा यात्रा लामो हुने भएकाले यात्रुले ट्याक्सीमा गन्तब्यसम्म जाने चाहन्छन् । यात्रुलाई पोखराको बागलुङ बसपार्क बाहेक आवश्यकता अनुसारको स्थानमा जानुपर्ने अवस्थामा थप शुल्क लिन मिल्ने भएपनि साविकभन्दा दुई गुणा बाढी भाडा असुल्दा मर्कामा परेका छन् ।

यता ट्याक्सी चर्को भाडाको मारमा परेको गुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गर्न थालेको छ ।चाडबाड विशेष सुरक्षा योजनाअन्र्तगत ट्राफिक प्रहरीले दसैं मानेर फर्कने यात्रुसँग सवारी साधनले तोकिएभन्दा बढी भाडा असुल्ने गरेको गुनासो आएपछि सुरु गरिएको कारवाहीमा हालसम्म ८ वटा ट्याक्सीबाट भाडा फिता गरिएको ट्राफिक प्रहरी जवान बैकुण्ड पौडेलले बेनीअनलाइनलाई बताए।

ट्याक्सीलाई १ हजार जरिवाना काटेर थप कारवाहीका लागि बागलुङ यातायात कार्यालयमा पठाउने तयारी भएको छ । यता प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले चाडबाडको बेला अनिवार्य यात्रा गर्नुपर्ने यात्रुको बाध्यतालाई सवारीधनीले मौकाको फाइदाको रुपमा लिने भाडा तथा रातो नम्बर प्लेटमा समेत यात्रु बोक्ने सवारीसाधनलाई कडा कारवाही गने निर्देशन दिएका छन् । उनले अनियमित तवरबाट बढी भाडा लिएको अवस्थामा म्याग्दीका ग्रामिण क्षेत्र, छिमेकी जिल्ला मुस्ताङ जाने वा कालिपुल बसपार्कबाट देशका विभिन्न क्षेत्रमा जाने सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई बढी रकम फिर्ता गनेृ बताए । यात्रुको गुनासो सुन्न प्रहरीले कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष समेत राखेको छ ।

बेनी गलेश्वर सडकमा चेकजाँच गदैं ट्राफिक प्रहरी