फेमिली रिभर’ कालिगण्डकीमा जलयात्राको आर्कषण

म्याग्दी हुदै बग्ने कालिगण्डकी नदीमा पानीको सतह घटेसँगै जलयात्रा (¥याफटिङ्ग) को चहलपहल सुरू भएको छ। विगतका बर्षमा भदौ महिनादेखि नै सुरु हुने जलयात्रा यसबर्ष मनसुन असोज महिनाको अन्तिम सातासम्म लम्बिएका कारण जलयात्रामा रमाउने आन्तरिक तथा बाह्य पर्यटक निराश भएका थिए । जलयात्रामा प्रख्यात कालिगण्डकीमा विदेशी पर्यटकको तुलनामा आन्तरिकले समेत बुकिङ गरेपछि भिडभाड सुरू भएको स्विसा ¥याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेसन कम्पनीका प्रबन्ध निर्देशक देव रेग्मीले बताए ।

‘एकमहिना ढिलो भयो,‘जाडोमौसम सुरू हुने भएकाले कात्तिक महिनासम्म भिड हुन्छ’ रेग्मीले भने । उनका अनुसार कालिगण्डकीमा विदाको समयमा स्वदेशी पर्यटकको आगमन समेत उच्च हुने भएकाले असोजको अन्तिमदेखि कात्तिकसम्म भिडभाड हुने भएपनि जाडो मौसममा समेत समुह बनाएर जलयात्रा गर्ने बताए । एक सिजनमा करिव ४ हजार पर्यटकले जलयात्रा गर्ने अनुमान गरिएको छ । बडादशैंको दिनमै भिषण बर्षा भएपछि ब्यवसायी समेत मौसमले साथ नदिनेमा चिन्तित थिए तर अनुकुल मौसमसँगै करिब १३ भन्दा धेरै कम्पनीले पर्यटकलाई जलयात्राका लागि भित्राउन सुरु गरेका छन् ।

पर्वतको जलजला गाउँपालिकाको नाईलिवाङदेखि सुरु हुने तीन दिने लामो जलयात्रा मालढुंगा हुदैस्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ। त्यस्तो छोटो प्याकेज नाईलिवाङदेखि मालढुंगा आसपासमा पुग्ने गरिन्छ । म्याग्दीको सदरमुकाम बेनी हुदै मालढुंगासम्मको समेत नयाँ प्याकेज भएपनि त्यसको ब्यापक प्रचारप्रसार हुन सकेको छैन् ।

छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको पर्वत, बागलुङ खण्डमा ब्यवसायीक रुपमा सञ्चालन गरिने गरेको भएपनि म्याग्दी र बेनी आसपासबाट बग्ने कालिगण्डकीमा फाटफुट विदेशी पर्यटकले ¥याफटिङ्ग गर्ने गरेका थिए । लामो, समथर र कम बहाब भएकाले पनि कालिगण्डकीका जलयात्रा गर्ने गरिन्छ । एक पटक १० जनासम्म चढ्न मिल्छ ।

कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु आर्कषित हुने गरेका छन्। बेनीदेखि मालढुङ्गासम्म करिव १२ किलोमिटर जलयात्रालाई म्याग्दीका सरोकारवाला निकायले पर्यटन क्षेत्रका एजेन्सीहरूसँग सहकार्यको प्रयास गरेको म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए ।

‘भ्रमणबर्षलाई सफल बनाउन बेनी आसपासबाटै जलयात्रालाई निरन्तरता दिनुपर्छ,‘गलेश्वरदेखि मालढुंगासम्मको यात्रा निकै सुन्दर र आर्कषक छ’ शाक्यले भने । म्याग्दी उद्योग वाणिज्य संघले हरेक महोत्सवमा जलयात्राको वातावरण बनाएपनि त्यसलाई निरन्तरता दिन सकिएको छैन् । file photo