चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको ‘गार्ड अफ अनर’

चिनियाँ राष्ट्रपति सी चीङफिङलाई नेपाली सेनाको विशेष टुकडीले गार्ड अफ अनर प्रदान गरको छ। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी सीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गरेपछि नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको हो।

नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका उनको स्वगतामा प्रधानमन्त्री केपि शर्मा वली पनि उपस्थित रहेको छन्। चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्। विमानस्थलमा परिचय कार्यक्रम पछि अति विशिष्ठ कक्ष हुँदै उनी सोझै होटेल सोल्टीमा प्रवेश गर्ने छन्। nagariknews