राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता सम्पन्न भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको वार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको बताइएको छ।

उहाँहरुबीच करिब आधा घण्टा छलफल भएकाे छ । छलफलमा द्धिपक्षीय हितको विषयमा छलफल भएकाे बताइएकाे छ । आज साँझदेखि नेपालको औपचारिक भ्रमण आरम्भ गर्नु भएका चिनियाँ राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनु भएको हो ।राष्ट्रपति सी आज नै राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।