राजेशचन्द्र राजभण्डारी / बागलुङ सदरमुकाम देखि पर्वत जिल्लाकाे पाङ जाेड्ने नेपाल कै सबै भन्दा लामो झाेलुङ्गेपुल निर्माण कार्यले राम्रो गति लिएको छ । बागलुङ र पर्वत जाेड्ने एशिया कै सबैभन्दा लामाे पुलकाे बनाउन दाेस्राे चरणको काम अगाडि बढेपछि धाैलागिरिबासी खुशी भएका छन् ।

नेपाल मा प्रबिधि नभएको बेला बिदेश बाट नयाँ प्रबिधि ल्याएर काम गर्ने जुन नेपाल कै एकमात्र पवित्र प्रसिद्ध कालीगण्डकी नदीमाथी निर्माण हुने ५६७ मिटर लामो पुल निर्माण गर्न सस्पेन्सन पुल बिभाग मार्फत भएको बाेलपत्र अनुसार कामको जिम्मेवारी थानी /बिएलटि /हिमशिखर जेभी निर्माण कम्पनीले संयुक्तरूपमा पाएपछि काम अगाडि बढेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनक राज पाैडेलले बताए । ६ करोड ९१ लाख रूपैयाँ लागतमा निर्माण हुदै गरेकाे पुल २०७७ साल असार मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता गरिएको नगर प्रमुख पाैडेलले बताए ।

अहिले पुल निर्माण तिब्रगतिमा बनिरहेको यो समय भन्दा अगाडि नै सक्ने योजना रहेको रहेको कामको जिम्मेवारी लिएको हिमशिखर निर्माण सेवाका प्राेपाइटर नरहरि खड्काले बताए ।काम गर्न धेरैले सहयोग गरेको कारणले कुनै समस्या नभएको खड्काले बताए । नेपालमा अहिलेसम्म ३ सय ६० मिटर भन्दा लामो झाेलुङ्गे पुल बनेका छैनन् ।सस्पेण्डेड पुल पहिलोपटक बागलुङ र पर्वत जाेड्ने गरि बन्न लागेको यो पुल एशियामा नै पहिलो पुल भएको सस्पेन्सन पुल बिभागका इन्जिनियर चीन बाट लठ्ठा तान्ने बिइन्च मेशिन खरिदकाे प्रक्रिया अर्थ मन्त्रालय मार्फत अगाडि बढाइएको थियोे ।

बागलुङ नगरपालिका वडा नम्बर १ सहिद पार्क र कुश्मा नगरपालिका वडा नम्बर १ पाङ अदुवावारि जाेड्नेगरि निर्माण गरिएको पुल ५६७ मिटर लामो र १६० मिटर अग्लो हुनेछ । २०५९ सालदेखि नै बागलुङ र पर्वतको पाङ जाेड्ने पुल निर्माणकार्यकाे लागि पटकपटक प्रयास भए पनि पुल लामाे दुरीकाे भएको कारण लठ्ठा तान्ने प्रबिधि नेपालमै नभएको भनेर राेकिन पुगेको थियो ।

बागलुङ र पर्वतकाे पाङ जाेड्ने यो पुल निर्माण भएमा पर्वत र बागलुङकाे दुरू ३० मिनेट कम हुनुका साथै पर्वमा उत्पादन भएका चामल मकै गहुँ अालु लगायतका सामाग्री अाेसारपसारमा समेत सहजता हुने छ । यो निर्माण सम्पन्न भए पछि बागलुङ जिल्लामा दैनिक रूपमा हजारौं अान्तरिक तथा बाह्य पर्यटक भित्रिने यसले जिल्लाकाे अार्थिक समृद्धिमा समेत ठूलो भुमिका खेल्ने देखिन्छ ।

Leave a Reply