हरियो सागहरुमध्ये पालुंगोसाग एक हो । यो साग स्वास्थ्यको लागि सबैभन्दा तागतिलो मानिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, के, सी, म्याग्नेसियम, आइरन र म्यागनिज हुन्छ । साथै यसमा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, फाइबर र खनिज पनि पाइन्छ ।पालुंगोले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाउँछ । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ ।

यसमा पाइने क्याल्सियम बढ्दा बालबालिका, बूढापाका, गर्भवती र स्तनपान गराउने आमाहरूका लागि निकै लाभदायक मानिन्छ । पालुंगो खानाले स्तनपान गराउने आमामा दूधको उत्पादनसमेत बढ्छ ।यसमा क्यालोरी र फ्याट धेरै कम हुन्छ भने फाइबर (रेसा) चाहिँ धेरै मात्रामा हुन्छ । यसैले तौल कम गर्न पालुंगो खानु उचित मानिन्छ ।

सामान्यतया यसको नियमित सेवनले निम्नासार फाइदा गर्दछः

–रक्तचापलाई ठाउँमा राख्न
–आँखाको ज्योति बढाउन
–रक्तअल्पता हुन नदिन
–गर्भवती महिलामा फोलिक एसिडको कमी हुन नदिन
–रोगप्रतिरोधी प्रणाली बलियो बनाउन
–हाड दरिलो पार्न
–पाचनतन्त्र बलियो बनाउन
–कपाल झर्न नदिन
–छाला चम्काउन
–डन्डिफोर, कालो पोतो हटाउन
–शारीरिक तौल घटाउन

Agency 

Leave a Reply