बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा बडिगाड खोलामा खसेर वेपत्ता युवतिको शव आज आठदिन पछि फेला परेको छ । असोज १९ गते फोटो खिच्ने क्रममा बडिगाड खोलामा खसेर वेपत्ता हुनुभएको तमानखोला गाउँपालिका वडा नम्बर ४ लाम्मेल घर भइ हाल काठमाडौ बस्दै आएकी ३२ बर्षिया देवी श्रीपाली शव आठ दिन पछि बडिगाड गाउँपालिका–७ तुरतुरे ताल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बुर्तिबाङ नजिकै बडिगाड खोलाको ठुलो ढुंगामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेर श्रीपाली वेपत्ता हुनुभएको थियो । खोलामा खसेकी श्रीपालीलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले देखेका थिए । वेपत्ताको खोजी कार्य भइरहेपनि आजमात्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले बताउनुभयो ।

अर्जेन्टिनाका एक नागरिकलाइ आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशै मनाउन भनेर घर जाँदै गर्दा उनीहरु १८ गते बुर्तिबाङ बजारमा बसेका थिए । १९ गते घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा श्रीपाली चिप्लेर खोलामा खस्नुभएको थियो । आदर्श अनलाईन

Leave a Reply