कैलालीको बर्दगोरिया गाउँपालिकामा आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।जबरजस्ती करणीकाे आरोपमा ३१ वर्षीय छोरा पक्राउ परेको इलाका प्रहरी कार्यालय सुखदले जनाएको छ ।

घरमा कोही नभएको समयमा आमामाथि हातपात गरी करणीको प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवालाई करणी उद्योगको मुद्दा चलाइ शनिबार जिल्ला प्रहरी कार्यालय चलान गरिएको सुखद प्रहरीले जनाएको छ ।  भारतमा काम गर्दै आएका छोरा दसैंमा घर आएका थिए । उनकी आमा एकल महिला हुन् । घटनाबारे थप अनुसन्धान हुँदै गरेकाे प्रहरीले जनाएकाे छ । नयाँ पत्रिकामा खबर छ ।
विज्ञापन