अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था चिन्ताजनक रहेको छ ।अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा २४ वर्षीय अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको छ ।

दुर्घटनामा २२ वर्षीया सिर्जना विश्वकर्माको अवस्था गम्भीर रहेको र उनको माउन्ट कार्मल अस्पतालमा उपचार भइरहेको स्थानीय समाचार संस्था डब्ल्युएमसएचले जनाएको छ ।दुर्घटना तीन वटा गाडी एकआपसमा ठोक्किएर भएको थियो ।