मालिका गाउँपालिका–६ दिच्यामकी हरिमायाँ निउरेको बेलाबेलामा छोराको सम्झनामा आँखा रसाइरहन्छन् । साउदी अरबमा पुगेका छोरा राजकुमार जेलमा परेपछि ६ बर्षदेखि ददिलालको अवस्था पनि उस्तै छ । श्रीमति र छोराले पनि राजकुमार घर फर्किने बाटो कुरिरहेका छन् ।

विपन्न परिवारका राजकुमार विदेशमा गएर दुःख गरेर भए पनि आफ्नो परिवारलाई मिठो मसिनो खुवाउने, दुखकष्टलाई अन्त्य गर्ने भन्दै २०६८ साल जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा जेलमा परेपछि परिवारको बिचल्ली भएको छ । घरपरिवारलाई खर्च र एउटा छोरालाई शिक्षादिक्षामा कुनै कमी हुन नदिने बाचा गरेर साउदी पुगेका निउरेले दैनिक १० घण्टासम्म काम गरेर खर्च खर्च, ऋण तिदैं थिए ।

दुईबर्ष घरखर्च चलाउन कुनै समस्या नभएपनि २०७० सालदेखि अबैध रुपमा कम्पनीमा काम गदैं आइरहेका निउरे सोहीबर्ष जेलमा परेपछि परिवारले कष्टकर जीवन विताइरहेका छन् । कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेपछि जेलमा परेको पाँचबर्षपछि मात्रै परिवारले थाहा पाएका थिए ।

एक्कासी सम्पर्कविहिन भएपछि रुवाबासी चलेको अवस्थामा छोरा जेलमा परेको थाहा पाएपछि जीवितै रहेको खवरले उत्साहित भएपनि निउरे परिवारसँग छोरालाई घरसम्म ल्याउने आर्थिक छैन् । ‘छोराको पाँचबर्षसम्म कुनै जानकारी भएन्,हामीलाई अप्रिय खवरको चिन्ताले सताइरहेको थियो, जेलमा परेको खवरपछि थप चिन्ता थपिएको छ’ हरिमायाँले भनिन् ।

उनले छोराको अवस्थाले श्रीमान, बुहारीको समेत बेहाल भएको बताईन् । ‘साथीलाई सहयोग गर्दा उल्टै जेलमा परेको छ,‘उसलाई घरसम्म ल्याउन सबैको सहयोग आवश्यक छ’ उनले भनिन् । आफन्त, म्याग्दीबासीलाई सहयोगको विन्ती गदै उनले भनिन् । ‘धन कमाउने सपना बोकेर साउदी गरेको छोरा जेलमा छ,‘उसलाई घरसम्म ल्याउने पैसा छैन’ हरिमायाँले रुँदै भनिन् । उनले छोरा जेलमा परेको दुःखको खवर सुनेर मर्माहत हुन पुगेको बताईन् । सोमबार मालिका गाउँपालिकामा आएकी हरिमायाँलाई गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले आवश्यक जुटाउने अभियानका बारेमा जानकारी गराएपछि केही राहत मिलेको बताईन् ।

मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्र रहेका उनले तोकेको पाँचबर्षको जेलसजाय भुक्तान गरिसकेका छन् । वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेपछि जेलमा परेका थिए ।

एउटै कम्पनीमा कार्यरत मोरङकै रमेश वस्तकोटीले निउरेको गल्ती नभएको बताएपनि प्रयाप्त प्रयासको अभावमा जेलमा परेको बताएका थिए। मृतकका परिवारले सुरुवातमा ६० लाख माग गरेपनि मन्त्री पुनका निजी सचिव सापकोटासँगै काम गरेका आफन्तको पहलमा ३० लाख उपलब्ध गराउने सहमति भएको थियो ।सहमति अनुसार ब्लड मनी ३० लाख दिएको बैंक विवरण, कानुनी प्रक्रिया र पीडित परिवारको सहमतिको विवरण साउदी पठाएपछि मात्रै निउरेको घर फिर्र्ति प्रक्रिया सुरु हुने बताइएको छ । निउरेलाई आवश्यक पर्ने ३० लाख संकलनका लागि परिवारले अपिल गरेका छन् ।