म्याग्दीको मंगला गाँउपालिका–१ कुहुँ थाईवाङमा को भीषण असिनाले अन्नबालीमा ठूलो क्षती पुगेपछि गाउँपालिकाको संयोजनमा मंगलबार स्थलगत अनुगमन गरिएको छ । थाईबाङ आसपासका क्षेत्रमा गरिएको धान र सिमी खेतीमा ठूलो क्षती पुगेपछि सरोकारवाला निकायको टोलीले स्थलगत रुपमै क्षतीको विवरण संकलन सहित किसानलाई भेटेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, मंगला गाउँपालिका प्रमुख सत प्रसाद रोका ,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिल्ला समन्वयन अधिकारी दयाराम तिवारी, कृषि ज्ञानकेन्द्र प्रमुख गोबिन्द राज कोइराला, प्रहरी नायक उपरिक्षक महेन्द्र मरासिनी, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, वडा नं २ का वडा सदस्य चक्रलाल पाण्डे , मंगलाका कृषि शाखा प्रमुख तारा बानियाँ लगाएतको टोलीले रातहतको प्रतिबद्धता जनाएका थिए।

गाउँपालिकाको थाइबाङ, भर्जुला , पौयुपाँटा र वडा नं २ को सल्यान, भाइबाङ र खुम्लियामा असिनालेस्थलगत अनुगमन तथा मुल्याङकन गरिएको थियो । चाडपर्व लगत्तै धान भित्राउने तयारीमा रहेका थाईबाङबासीलाई असिनाले धान झारेपछि नल (पराल) मात्रै बाँकी रहेको धानको बोटमात्रै खेतमा देखेपछि निराश भएको छन् । धानखेतमा असिनाले पुशचौपायालाई परालको रुपमा प्रयोग गर्न समेत नमिल्ने गरी क्षती पुगेको छ ।

तीनदशक यताकै सबैभन्दा ठुलो क्षती भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँले क्षतीको विवरण संकलन गरी थप कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले क्षतीको उचित मुल्याङ्कनका लागि कर्मचारी परिचालन गरिएको बताउनुभयो । यसैबीच बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा समेत क्षतीको स्थलगत अनुगमन गरिएको छ।

विज्ञापन