Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारकाे आह्वान

परराष्ट्रमन्त्री प्रदी ज्ञवालीले सरकारको समृद्ध नेपालको यात्रामा साथ दिन विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कनु पर्ने बताउनु भएको छ । विदेशमा रहेका नेपालीहरूलाई नेपालमै फर्कन आह्वान गर्दै उहाँले सके स-शरीर फर्कन, नसके नेपालको समृद्धको यात्रामा साथ दिन आग्रह गर्नुभएको हो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको गैरआवासीय नेपालीको नवौं अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो ।कार्यक्रममा बोल्दै उहाँले विदेशमा रहेका हाम्रा गैर-आवसीय नेपालीहरूलाई सके भौतिक रुपमा फर्कन, नसके नेपालको विकासको पथमा ज्ञान, सीप र प्रविधिसहित साथ दिन आग्रह गर्नुभएको हो ।

उहाँले गैर आवासीय नेपालीहरूलाई सरकारले विकासको साझेदारको रुपमा लिएको भन्दै थप सक्रियताका साथ सहभागी हुन आग्रह समेत गर्नुभयो ।गैर-आवासीय नेपालीलाई आर्थिक, राजनीतिक र सामाजिक अधिकारसहितको नागरिकता दिन नागरिकता ऐन संशोधनको अन्तिम तयारी भइरहेको समेत उहाँले जानकारी गराउनुभयो । News24nepal.tv

Exit mobile version