धवलागिरी गाउँपालिका–३ मुनाकी चलदेवी बिकलाई परम्परागत विधि प्रयोग गरेर सुत्केरी गराइयो । जनचेतनाको अभावका कारण नियमित स्वास्थ्य चौकीमा गर्भ परीक्षण समेत नगरेकी बिकले आफन्तको सहयोगमा बेनी अस्पतालमा गर्भ परीक्षण गर्दा बच्चाको तौल कम देखिएपछि पोखरा रिफर गरे । यातायात खर्च बाहेक सम्पूण निशुल्कको सुविधाका बारेमा जानकारी लिएर फर्किएकी बिकले घरमै बच्चा जन्मियो । चिकित्सकको सुझाव अनुसार पोखरा लैजाने केही नभएपछि नवजात शिशुसँगै अस्पतालमा आएकी बिकले आफ्नो दोस्रो सन्तान पनि गुमाईन् । गरिबीकै कारण बिकले असुरक्षित तरिकारबाट बच्चा जन्माउन बाध्य भईन् ।

प्रसुतीको चरणमा पुगेपछि स्वास्थ्य चौकी वा अस्पतालमा ल्याउनुपर्नेमा घरभित्रै बच्चा जन्मिएपछि पुरानो कपडा बेरेर अस्पतालमा आएलगत्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज घिमिरे, क्लिनिकल कोअर्डिनेटर नवराज पन्त सहितको चिकित्सकको टोलीले प्रयास गरेपनि शिशुलाई बचाउन सकेनन् ।

अन्तत चिकित्सकले मृत घोषित गरेपछि करिव डेढबर्षको अन्तरालमा चलदेबीले दुई सन्तान गुमाईन् । चरम गरिबीकै कारण बिरामी छोरीको उपचारको अभावमा डेढबर्ष अगाडी घरमै पहिलो सन्तान गुमाएकी थिईन्। समान्य बिरामी हुदाँ समेत औषधी उपचारको अभावमा पहिलो सन्तानलाई गुमाएकी बिक उमेरले १८ बर्ष भईन् । चिकित्सकले विभिन्न प्रयास गरेपनि पोखरासम्म पुग्न नसक्दा उनले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्मदिएपनि गुमाउनुपरेको बताईन् ।

एकछाक हातमुख जोड्न समेत मुस्किल बिकले दुईवटै बच्चा घरमै जन्माएकी थिईन् ।तौल कम भएका कारण सिकिस्त अवस्थामा रहेको शिशुलाई हतार–हतारमा अस्पतालमा ल्याउने क्रममा लापरवाही भएको बेनी अस्पतालका प्रमुख डा. घिमिरेले बताए । ‘उहाँलाई पोखरामा थप उपचारका लागि ब्यवस्था गरेका थियौं,‘जनचेतना र पारिवारिक समस्याले बच्चा गुम्यो’ डा. घिमिरेले भने ।

उनले स्वास्थ्य संस्थामा गएर प्रसुती गराएमा सुरक्षित हुने बताउँदै अझैपनि ग्रामिण क्षेत्रमा सुत्केरी ब्यथा लागेपछि पेटमा निचोरेर सुत्केरी गराउने प्रयासले आमा र शिशु दुवैको ज्यान जोखिममा रहेको बताए । ‘तालिमप्राप्त स्वास्थ्यकर्मीहरुबाटै प्रसुती सेवा लिनुपर्छ,‘विभिन्न विकल्प हुदााँ पनि यस्ता घटना भइरहेका छन्’ डा. घिमिरेले भने । उनले घरमै जन्मिएका बच्चाको नाल काट्ने क्रममा धेरै कमजोरी हुने गरको बताए ।

विपन्नताकै कारण बच्च जन्माउन कुनै समस्या नभएको बताउँदै गाउँघरमा समस्यामा परेका गर्भवती महिलाका बारेमा स्वास्थ्यकर्मीलाई जानकारी दिन अनुरोध गदैंगर्भ परीक्षण् गर्नुपर्छ भन्ने ज्ञान समेत नभएकाबाट दुवैको ज्यान जोखिममा पर्ने समेत डा. घिमिरेको भनाई छ । बेनी अस्पतालको प्रसुती सेवाबाट जोखिममा परेका महिलाहरुको समेत ज्यान जोगिएको अवस्थामा नवजात शिशु र सुत्केरी महिलाको स्वास्थ्यप्रति परिवारका सदस्यले समेत विषेश ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।
अस्पतालम मृत घोषित नबजात शिशु । तस्वीर बेनीअनलाइन