म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा एक भरियाको घरको तलाबाट खसेर गम्भीर घाईते भएका छन् । बुधबार विहान करिव साढे ३ बजे दरबाङस्थीत गरिमा विकास बैंक भएको घरको तेस्रो तलाबाट ओखलढुंगा जिल्ला घर भएका इन्द्र बहादुर सुनार सडकमा खसेको अवस्थामा भेटिएपछि उद्धार गरिएको थियो । गम्भीर घाईते अवस्थामा रहेका सुनारको प्राथमिक उपचार केन्द्र दरबाङमा समान्य उपचार गरी पोखरा रिफर गरिएको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए ।

उनका अनुसार धौलागिरी बेसक्याम जाने पर्यटकको भारी बोक्ने मजदुर सुनार कसरी त्यहाँ पुगे ? भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए । घाईते अवस्थामा रहेका सुनारको हात, टाउको तथा शरीरका विभिन्न स्थानमा चोट लागेको छ। घाईतेका अवस्था चिन्ताजनक रहेको छ । बेसक्याम जान आएका अन्य भरियाले सुनारको समाना लिएर गन्तब्यतर्फ लागेका छन् ।