मंगला गाउँपालिकाले म्याग्दीमा नै पहिलो पटक मानव मूत्र (पिसाव) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ।
मंगला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सवै वडाका विद्यालय,सार्वजनिक स्थान र घरमा शैचालयमा राख्नका लागि जर्किन वितरण गरी जर्किनमा नै पिसाव गर्ने र सोही पिसाव खेतवारीमा लगाइएको बाली नालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको हो ।

यसअघि गाईभैंसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेका हुन् । गाउँपालिकाको वडा नं ५, अर्मनको शिशु कल्याण माविमा विगत दुई वर्षदेखि शैचालयमा जर्किन राखेर विद्यार्थीहरुले सोही जर्किनमा पिसाव गर्ने र त्यसलाई विक्रि गरी आय आर्जन गर्ने गरिएको छ ।त्यहाँका किसान पनि मानव मूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन् ।

पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन । म्याग्दीमा नै पहिलो पटक मंगला गाउँपालिका ५ का किसानले मानव मूत्रको प्रयोग गरी खेती गर्न थालेका हुन् । बजारमा पाइने रसायनिक मलभन्दा मानव मूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् ।

शिशु कल्याण मावि अर्मनका प्रधानाध्यापक चित्रबहादुर बूढाथोकीले विद्यालयले अहिलेसम्म ३१ जर्किन मानवमूत्र विक्रि गरिसकेको र मानवमूत्र विशेषगरी सुन्तलाखेती र मकै बालीका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो ।त्यसैगरी सोही विद्यालयका विद्यार्थी छवि सुवेदीले पहिले पहिले आफूहरुलाई पिसाबलाई खेतीबालीमा प्रयोग गर्ने तरिका थाहा नहुँदा जथाभावि पिसाव गर्ने गरेको बताउँदै अभियानको बारेमा थाहा पाएपछि शैचालयमा राखिएका जर्किनमा नै पिसाव गर्ने गरिएको बताउनुभयो ।https://youtu.be/mOXjeKTa8Zw

मंगला गाउँपालिकाले प्राङ्गारिक खेतीलाई विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले विद्यालय र सार्वजनिक स्थानमा मानवमुत्र संकलनका लागि प्लाष्टिकको ग्यालिन (जर्किन) राखेको छ । शौचालयमा मुत्र विर्सजन गर्नुका साटो स्थानिय र बटुवाहरुले समेत जर्किन(ग्यालिन)मा गर्ने गरेका मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो।
पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको रोकाले बताउनुभयो । ‘मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ ।

बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो’ उहाँले भन्नुभयोे, ‘हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालिम दियौं । किसान हौसिएका छन् ।’ अध्यक्ष रोकाका अनुसार एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महिनासम्म राखेर बालीमा हाल्न सकिन्छ । शुरुवातमा स्थानीयले जर्किन वा ड्रममा पिसाव संकलन गरेका छन् । तरकारी लगाएको ठाउँमा हाल्ने गरेका छन् । एक लिटर पिसावमा ३ लिटर पानी हालेर बोटविरुवा र बालीमा राख्नसकिने उनले बताए ।

अर्मनकी किसान देवकुमारी सापकोटाले गाउँमा पशुचौपाया पाल्न छाडिएको र मल पाउन समस्या भएकाले यसको सट्टामा घरमा तथा सार्वजनिक स्थलमा पिसाव संकलन गरी बालीमा हाल्न थालेको बताउनुभयो । ‘घरमै पिसाब संकलन गरेर बारीमा हाले उत्पादन बढ्ने र रोग पनि नलाग्ने जानकारी तालिमबाट पाएका छौं’ उहाँले भन्नुभयो । ‘गाईभैंसी पाल्न नसकिएपछि यो तरिका सहज लाग्यो । गाउँलेले सोही अनुसार मान्छेको मलमुत्र जम्मा गरेर खेतीबालीमा हाल्ने गरेका छौं’ सापकोटाले भन्नुभयो ।

मानव मूत्रको प्रयोग गरी गाउँका किसानले खेतीपाती गर्न थालेका छन् ।२०७५ सालको मंसिरबाट घर–घरमा पिसाब संकलन गरिएको र बोटविरुवा तथा तरकारीमा हाल्ने गरिएको उहाँले बताउनुभयो । म्ांगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार अगुवा किसानलाई कृषि बालीमा मानव मूत्र सम्बन्धी ५ दिने तालिम दिइसकेको छ । तालिमपछि किसानले मानव मूत्रबाटै तरकारी फलाउने प्रतिवद्धता व्यक्त गरेका बानियाँले जानकारी दिनुभयो ।

पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको उहाँले बताउनुभयो । ‘मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ । बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो’ उहाँले भन्नुभयो ‘हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालिम दियौं । किसान हौसिएका छन् ।’

बानियाँका अनुसार एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महिनासम्म राखेर बालीमा हाल्न सकिन्छ । शुरुवातमा स्थानीयले जर्किन वा ड्रममा पिसाव संकलन गरेका छन् । तरकारी लगाएको ठाउँमा हाल्ने गरेका छन् । एक लिटर पिसावमा ३ लिटर पानी हालेर बोटविरुवा र बालीमा राख्नसकिने उहाँले बताउनुभयो ।

प्राविधिक बानियाँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रसायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ । घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मूत्र संकलन गर्दा राम्रो हुने उहाँले बताउनुभयो ।विद्यालयमा संकलन गर्न सकेमा तरकारीमा हाल्न सकिने र विक्री समेत गर्न सकिने भएकाले निकै प्रभावकारी हुने उनले उहाँले जानकारी दिनुभयो । ‘हामीले मानव मुत्रलाई खेर जाने वस्तु भनेर खासै वास्ता गर्दैनौं । तर, त्यही चिज राम्रो मल हुन्छ भन्ने बुझेका छैनौं’ उहाँले भन्नुभयो, ‘ म्याग्दीको लागि यो नयाँ प्रयोग हो ।  हरिकृष्ण गौतम÷धुव्रसागर शर्मा