८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्न हिमाल आरोहणमा निस्किएका निर्मल पूर्जाले तिब्वतमा रहेको शिशापाङ्गमा हिमाल (8,027 m)आरोहणको विषेश अनुमति पाएका छन् । पूर्व बेलायती सेनाका कर्पोरल पूर्जाले १३ औं हिमाल मनास्लुको चुचुरोमा पुगेपछि सूचीको अन्तिममा रहेको तिब्वतको शिशापङ्माको अनुमतिका लागि निकै लामो प्रयास गरेका थिए ।
तिब्वतमा रहेको शिशापङ्मा हिमालको आरोहणमा चिनियाँ सरकारले सन् २०१९ भित्र अरोहण गर्न प्रतिबन्ध लगाएपछि चिन्तित पूर्जाले आफ्नो अनुरोध तथा नेपाल सरकारमार्फत समेत गरिएको प्रयास सफल भएको बताए । ‘मेरो यात्राले अब अन्तिम उचाईमा पुग्दैछ,‘अन्तिम चुचुरोबाट विश्वलाई नयाँ सन्देश प्रवाह गर्नेछु’ पूर्जाले भने ।

सन् २०१० भित्रै सम्पन्न गर्ने लक्ष्य सहित आरोहणमा निस्किएका थिए । मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ दानाका पूर्जाको प्रोजेक्ट पोसीबल’ परियोजनाको सुरुवात आफ्नै गाउँपालिकाभित्र रहेको ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णबाट सुरु गरेका थिए।
उनले लगत्तै विश्वकै सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) हुदै लम्किएको थियो। उनको आरोहणमा आरोहणमा पूर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा लगाएत शेर्पाको टोलीले सघाइरहेको छ । विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, धौलागिरी, अन्नपूर्ण, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापङ्मा रहेका छन् । उनले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ ।
हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड छैन् । उनले म्याग्दीको धौलागिरीमा अक्सिनजन विनै आरोहण गरेका थिए । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार समेत गरेका पूर्जाले विश्व रेकर्ड कायम गरेपछि थप योजना सहित अगाडी बढ्ने बताए । उनले नेपाललाई विश्वमा चिनाउने अभियान अन्तरगत ब्यक्तिगत र विभिन्न च्यारेटीमार्फत सहयोग संकलन गरेका थिए ।
करिब ७ लाख ५० हजार भन्दा बढी खर्च भएको छ । उनले ब्यक्तिगत, चन्दा र च्यारेटी सहितका विभिन्न कार्यक्रममार्फत आर्थिक संकलन गरेका थिए । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।
Purja’s Summit Record:
- Mt Manaslu – September 27
- Cho Oyu – September 23
- Broad Peak – July 26
- Mt K2 – July 24
- Gasherbrum II – July 18
- Gasherbrum I – July 15
- Nanga Parbat – July 03
- Mt Makalu – May 24
- Mt Everest – May 22
- Mt Lhotse – May 22
- Mt Kanchenjunga – May 15
- Mt Dhaulagiri – May 12
- Mt Annapurna – April 23