दाङबाट प्रहरीले २१ जना ‘विप्लव’का नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नंं ४ को मुग्रेटाखोला स्थित एक जंगलबाट उनीहरुलाइ नियन्त्रणमा लिईएको हो ।

साे स्थानमा ‘विप्लव’ समुहको बैठक भईरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा ‘विप्लव’का मध्यपश्चिम कमाण्ड ईञ्चार्ज बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष ‘पाटन’लगायतका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिईएको हाे । प्रहरी नियन्त्रणमा रहेका बिरजंग चन्द नेकपा महासचिव नेत्रबिक्रम चन्द ‘विप्वल’का दाई हुन् । news24.tv