रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ । गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ ।

साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्कीको अचानक बिरामी भई उपचारका क्रममा निधन भएको हो । मृत्यु भएको २ साता बित्दा पनि आफन्तले शव बुझ्न पाएका छैनन् । दूतावास र कम्पनीका कारण शव बुझ्न समस्या भएको मृतकका ज्वाइँ रामु कार्कीले बताए।

विज्ञापन