गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले पनि मतदान गरेका छन् । मतदान गर्ने जनप्रतिनिधि पर्वतको पैयुँ गाउँपालिका ४ का वडाध्यक्ष महेन्द्र श्रेष्ठ हुन् । श्रेष्ठले जापानको प्रतिनिधि भन्दै मतदान गरेका हुन्।

स्थानीय चुनावको निर्वाचनमा गाउँपालिका प्रत्यासी श्रेष्ठ अन्त्यमा वडाध्यक्षको टिकट पाई तत्कालीन नेकपा एमालेबाट विजयी भएका थिए ।श्रेष्ठलाई यसअघि पनि गाउँपालिकाका कार्यवाहक अध्यक्ष जसमती गुरुङले बिना जानकारी बैठकमा अनुपस्थित भएको भन्दै स्पष्टीकरण सोधेकी थिइन् । उनी जानकारी नै नदिई परिवार भेट्न समयसमयमा जापान जाने गरेका छन् ।