All-focus

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका म्याग्दी इन्चार्ज र सेक्रेटरीलाई जिल्ला अदालतले बागलुङले रिहा गर्न आदेश दिए पनि पुनः अदालत परिसरबाटै पक्राउ परेका छन् । सरकारद्धारा प्रतिबन्धित म्याग्दी जिल्ला इन्चार्ज बिकिरण क्षेत्री र सेक्रेटरी बाबुलाल शाक्य बागलुङ जिल्ला अदालतले रिहा गर्न आदेश दिए लगत्तै बाहिरिने क्रममा अदालत परिसरबाटै पक्राउ परेका हुन् ।

All-focus

राज्य बिरुद्धको अपराध गरेको आरोपमा गत साउन ७ गते बेनी नगरपालिका वडा नं ३ नयाँपुलबाट प्रहरीले पक्राउ गरेपछि म्याग्दी कारागार चलान गरिएको थियो ।प्रहरीले पक्राउ गरेलगत्तै दुवैलाई नेतालाई जिल्ला अदालत म्याग्दीले जनही ३५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न दिएको आदेश बिरुद्ध उच्च अदालत पोखराको बागलुङ ईजलासले धरौटी समेत नलिई साधारण तारेखमा छाड्न आदेश दिएपछि तारेखमा छुटेका उनीहरुलाई प्रहरीले बिहिवार दिउसो पक्राउ गरेको हो ।

आदेश पालना गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले बिहिवार उनीहरुलाई जिल्ला अदालत बागलुङ ल्याएको थियो। उनीहरु यस अघि म्याग्दी कारागार थिए । जिल्ला अदालत बागलुङमा पनि रहेको मुद्दामा भने उनीहरुलाई जनही १० हजार धरौटी माग गरिएको थियो ।

All-focus

धरौटी बुझाउन आएका परिवारका सदस्यलाई भेट्न समेत नदिई उनीहरुलाई फेरी पक्राउ गरिएको अधिवत्ता राम शर्माले बताए । ‘प्रहरीले गरेको यो कार्य मानव अधिकारको खिलाप छ,‘कानुनी राज्यको पालना गर्नेबाटै कानुनी निर्णयको सम्मान हुनुपर्छ’ उनले भने । जिल्ला प्रहरी कार्यालयले पुनः पक्राउ गरिएका दुवैलाई आँफुहरुले थप घटनामा अनुसन्धानका लागी पर्वत प्रहरीलाई बुझाएको बताउनुभयो । पर्वत प्रहरीले स्याङ्जा जिल्ला पठाएको बताइएको छ । म्याग्दीका सेक्रेटरी र इन्र्चाज पक्राउ परेपछि उनीहरुलाई प्रहरीले धौलागिरीसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लामा मुद्धाको नाममा अल्झाएर राख्ने रणनीति बनाएको छ । तस्वीर सौजन्य विजय राना