अर्थुङ्गे युवा क्लवले पाँचौ फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजककै पोल्टामा परेको छ । बेनी नगरपालिका–६ अर्थुङ्गेमा खेलकुदसँगै सामाजिक कार्यमा सक्रिय रहेको क्लवले स्वर्गीय सल्लाहकार दिनेश शर्माको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा पर्वत बेनीको नव उत्साही युवा क्लवलाई पराजित गदैं उपाधी जितेको हो ।

जामुनाखर्क माविको खेलमैदानमा आयोजित प्रतियोगितामा बिजेता र उपविजेताले क्रमश ५५ हजार ५५५ र ३३ हजार ३३३ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका शिशिर शाहीले बेनीअनलाइनलाई बताए ।प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका थिए ।सोही अवसरमा पुरुष भलिबलमा तोरीपानी युवा क्लव प्रथम, भृकुटी युवा क्लव भिरमुनी उपविजेता भएको छ ।

विजेता र उपविजेताले क्रमश ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फुटबल, भलिबलसँगै गाउँमा महिला समुहलाई समेत रचनात्मक कार्यमा प्रोत्साहन गर्ने उदेश्यले आयोजित महिला लठो तान्ने खेलमा एक्लेपिपल आमा समूहले जितेको छ भने जामुनाखर्क भगवती आमा समूह उपविजेता भएको छ ।

फुटबलमा आयोजक क्लवका निशान गुरुङ्ग उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकमा सजिन किसान, नव उत्साही युवा क्लवका प्रवेश मगर सर्वा्धिक गोलकर्ता र भलिबलमा भिरमुनीका अनिष बानियाँ उत्कृष्ट खेलाडी भएका छन् । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापा र समापन प्रदेश सदस्य विनोद केसीले गरेका थिए । प्रतियोगिताको अवसरमा जिल्लामा ख्यातिप्राप्त कलाकारहरु रबी कार्की, अमित विश्वककर्मा, सञ्जन बोहोरा। बिमला श्रेष्ठ, रिना केसी, मिलन विश्वकर्माको प्रस्तुती रहेको थियो ।