शनिबार म्याग्दीमा दिनभरी विद्युत नआउने भएको छ । ३३ केभी बागलुङ देखि मिलनचोकसम्मको लाइन अवरुद्ध हुने म्याग्दी वितरण केन्द्रका प्राविधिक तिर्थनाथ शर्माले बेनीअनलाइनलाई बताए । बागलुङ सवस्टेशनदेखि पर्वतको मिलनचोक सवस्टेशनसम्म बाटोमा पर्ने रुखका हाँगा काट्ने कार्यका साथै आवश्यकता अनुसार मर्मत गर्नुपर्ने भएकाले विद्युत बन्द गरिने भएको छ । शनिबार विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ती बन्द हुने छ ।

बागलुङ र पर्वत जिल्लामा विद्युतको काम गर्दा म्याग्दीलाई समेत मार पर्ने गरेको छ । पर्वत र बागलुङको एउटै लाईनमार्फत म्याग्दीमा आपूर्ती हुने भएकाले पनि छिमेकी जिल्लाको कारणले म्याग्दीलाई समेत असर गर्ने गरेको छ। शनिबारको समयमा ब्यापारिक तथा अन्य सरकारी कार्यहरु समेत प्रभावित नहुने भएकाले पनि मर्मत गर्ने गरिन्छ ।

Leave a Reply