मंगला गाउँपालिका–५ अर्मनको शीरमा अवस्थित पर्यटकीयस्थल चाङ्गा प्रचारप्रसार र पुर्वाधारको अभावमा ओझेलमा परेको छ । समथर भुभाग, बाहैमासा चिसो हावा चल्ने, प्राकृतिक सौन्दर्य र जैविक बिबिधतायुक्त चाङ्गा प्रचुर सम्भावना भएपनि ओझेलमा परेको छ ।

समन्द्री सतहदेखि दुई हजार २ सय १० मिटरको उचाईमा समथर भुभागमा अवस्थित आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामिण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यताले सजिएको चाङ्गाको सुन्दरतालाई सरोकारावाला निकायको नजरमा पर्न नसक्दा बषौंदेखि पुर्वाधार र प्रचारप्रसारको पखाईमा रहेको छ। 

धौलागिरी, निलगिरी अन्नपूर्ण,माछापुच्छे, गुर्जा, चुरेन,लगाएतका आधादर्जन हिमाल, जंगलभित्र रहेका पशुचौपायाका गोठ,चराचुरुङी र बन्यजन्तुको आवाज, बहुमल्य जडिबुटीको बास्ना लिदै पछिल्लो समय चाङ्गासम्म पुग्ने आन्तरिक पर्यटकले पूर्वाधारको अभावमा कारण दृष्य अवलोकन गरेर मात्रै फकिने गरेका छौ ।

छिमेकी ताराखोला गाउँपालिका–४ नागबेली खोला जाने मार्ग समेत रहेको चाङ्गालाई नमुना गाउँ समेत भन्ने गरिन्छ । मंगला गाउँपालिकाको केन्द्र बावियाचौर हुदै अर्मनको सिरकुमसम्म सवारीसाधन र ४५ मिनेट पैदलयात्रामार्फत पुगिने उक्त स्थानमा पुगेपछि थकितको महसुस नहुने बताए । चिराइतो जुडिबुटीको विषेश खेती नै हुने वडा सदस्य हर्कबहादुर बुढाले बताए ।

‘गाउँपालिकाभित्रकै सुन्दर गन्तब्य बनाउन सकिन्छ,‘हामीले प्रयास गरेका छौ, यसलाई सबैले साथ दिए पुग्छ’ उनले भने । उनका अनुसार गाउँबाट पुग्ने ब्यवस्थित पदमार्ग, आरामदायी बसाई तथा न्यूनतम पूर्वाधारको आवश्यकता रहेको बताए ।
चाङ्गाबाट पश्चिम म्याग्दीको अधिकांस भुभाग देखिन्छ । विभिन्न प्रजातीका गुराँस समेत फुल्ने भएकाले मंगला गापाभित्रका विद्यालयका विद्यार्थी तथा समुह बनाएर बनभोजमा समेत जाने गरेका छन् ।

यसैबीच मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले सम्भावनायुक्त पर्यटकीय गन्तब्य भएकाले यसलाई प्राथमिकतामा राखेको बताए । ‘मैले हाम्रो गाउँपालिकाभित्रका पर्यटकीय गन्तब्यमा चाङ्गालाई समेत जोड्ने गरेको छु, एकपटक त्यहाँ पुगेकाले राम्रो प्रतिक्रिया दिनुभएको छ’ रोकाले भने ।

उनले चाङ्गामा होमस्टे सहित पूर्वाधार विस्तारको आवश्यकता रहेको बताए ।एक वडा एक सम्भावनालाई हेर्दा अर्मन कृषि र पर्यटनको क्षेत्रमा समेत सम्भावना भएको बताए । मंगलाको टोड्के, झाँक्रीपानीसँगै चाङ्गालाई समेत प्रचारप्रसारको आवश्यकता रहेको रोकाको भनाई छ । भित्रको सबै पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउने गाउँपालिले जनाएको छ । प्रस्तुती:ठाकुर सुबेदी

विज्ञापन