अमेरिका प्रवेशको आशमा हवाइ स्थल र जलमार्ग हुँदै महिनौं लगाएर मेक्सिको पुगेको सार्क राष्ट्रका नागरिकलाई धमाधम फिर्ता पठाउन थालिएको छ । मानव तस्करहरुको पछि लागेर विभिन्न रुट हुदै त्यहाँ पुगेकालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा कडाइ र आप्रवासीप्रति कडा नीति लिएपछि नेपाली र अन्य मुलुकका त्यसरी गैरकानुनी रुपमा प्रवेशी गर्न चाहनेहरुलाई असहज भएसँगै धमाधम सिमा क्षेत्रबाटै फर्किन थालेका छन् ।

यसै क्रममा मेक्सिको हुँदै अमेरिका जान खोज्ने ३११ भारतीयलाई त्यहाँको राष्ट्रिय अध्यागमन संस्थानले नयाँ दिल्ली फिर्ता पठाएको छ।बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संस्थानले ३१० पुरुष र एक महिलालाई नयाँ दिल्ली पठाएको जानकारी दिएको हो।भारतीयहरूलाई मेक्सिकोका विभिन्न राज्यहरूबाट पक्राउ गरिएको थियो।मेक्सिको सरकारले आप्रवासीहरूको मानवअधिकार सम्मान गर्ने ढाँचाभित्र सुरक्षित, व्यवस्थित र नियमित प्रवासन कायम गर्ने उद्देश्यले प्रगति भइरहेको जानकारी दिएको छ।

मेक्सिकोले सबै प्रवासीहरूलाई नियमित रुपमा नै भित्र्याउने सन्देश पुर्याउन भारतीय नागरिकहरूलाई सुरक्षित भारत फिर्ता पठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ। अवैधमार्ग हुदै जाने ठूलो संख्यामा नेपाली समेत रहेका छन् । यस अगाडी म्याग्दीका यूवाहरु समेत सोही मार्ग हुदै जाँदा दुर्घटामा ज्यान समेत गुमाएका थिए भने केहीले प्रयाप्त कागजातको अभावमा अमेरिकामै पुगेर समेत फिर्ता आउनुपरेको थियो ।

विज्ञापन