५ वर्षीया छोरी हराएपछि परिवारले प्रहरीमा जाहेरी दियो । प्रहरी पत्ता पनि लगायो । बर्दियाको गुलरिया नगरपालिकाकी ती किशोरी बिहे गरेर गर्भधारणसमेत गरिसकेको अवस्थामा फेला परिन् । अनुसन्धानमा पनि आफ्नै मर्जीले प्रेमीसँग भागेको खुल्यो ।

पछिल्लो समय सानै उमेरमा प्रेम विवाह गर्ने र तत्काल गर्भधारण गरिहाल्ने समस्या विकराल देखिएको छ । कानुनले २० वर्षभन्दा मुनीको बिहेलाई मान्यता दिँदैन । बालबिबाह गरेकालाई प्रहरीले छुटाएर अभिभावकको जिम्मा लगाइदिने गर्छ । तर, किशोरीहरुले प्रेमीसाग छुटिट्न नपरोस् भनेरै तत्काल गर्भधारण गर्नेगरेको प्रहरीको बुझाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।

विज्ञापन