उत्तरी अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभाबाट लोकप्रिय कार्यविधि, नियमावली र ऐन पारित गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजित विशेष गाउँसभाले गाउँपालिकाका विभिन्न महत्वपूर्ण विद्येयकहरू पारित गरेको हो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको विशेष गाउँसभाको उद्घाटन गदैं अध्यक्ष क्याप्टेन गर्बुजा पुनले गाउँपालिकाभित्रका जनताको हितमा हुने गरी विद्येयक तयार गरिएको बताए ।

‘हामीसँग भएका सम्भावनाका क्षेत्रहरुलाई अव प्रयोगमा ल्याउनुपर्छ,‘जनताका साना समस्यालाई पनि सम्बोधन गर्ने प्रयास भएको छ’ गर्बुजाले भने । उनका अनुसार कर्मचारीको अभावका कारण कार्यसम्पादनमा समस्या भएको बताए ।गाउँपालिकाले राम्रो काम गर्ने प्रयास गरेपनि कर्मचारीको अभावका साथै विभिन्न समस्याले केही समस्या भएपनि अव गाउँसभामार्फत पारित भएका विधेयकहरुलाई प्रभावकारी कार्यान्यवनमा ल्याउने बताए ।

गाउँसभाबाट स्थानीय पर्यटक विकास कार्यविधि,कृषि अनुदान निर्दे्शिका, सार्वजनिक निजि साझेदारी सम्बन्धि नियामावली, सुत्केरी स्याहार खर्च बितरण कार्यविधि,विपन्न दलित तथा अल्पसंख्यक समुदाय स्वास्थ्य बिमा कार्यक्रम,खेलकुद संचालन तथा व्यवस्थापन कार्यविधि, लेखा समिति गठन तथा संचालन नियामावली, सार्वजनिक निजि साझेदारी सम्बन्धि ऐन, शिक्षक नियुक्ति तथा सरुवा कार्यविधि, असाहाय विपन्न सहायत कोष संचालन कार्यविधि, पशु सेवा कार्यक्रम संचालन कार्यविधि पारित गरेको छ ।

नेकपा अन्नपुर्ण गाउँपालिका अध्यक्ष खड्क गिरी, नेपाली कांग्रेसका लेप्टेन बेल बहादुर पुर्जाले मन्तब्य राखेका थिए। कार्यक्रम्मा गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, प्रमुख प्रशासकिय अधिकृत केदारनाथ शर्मा, कार्यपालिका सदस्य विष्णु दमाईले समेत मन्तब्य राखेका थिए ।गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्वर ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालको संचालन ,सामाजिक विकास तथा युवा खेलकुद संयोजक एवम् वडा नम्बर –२ का अध्यक्ष ओम प्रसाद फगामीको स्वागतमा गरेको  थिए । तस्वीर सौजन्य सुरेन गुरूङ

 

Leave a Reply