भारत–पाकिस्तानबीचको गोली हानाहानमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठ मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले नाम उल्लेख गरेपनि श्रेष्ठद्धयको ठेगाना उल्लेख गरेका छैनन् । गएराति पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा भारतीय सेनाले आक्रमण गरेको थियो । पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो ।

पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोर्खा रेजिमेन्टका हुनसक्ने अनुमान गरिएकाले नेपाली समेत हुनसक्ने बताइएको छ । उक्त क्षेत्रमा गोर्खा रेजिमेन्टमार्फत नेपाली यूवाहरु समेत कार्यरत छन् । भारतीय सेनाको आक्रमणबाट पाकिस्तानको सीमामा ६ देखि १० जनासम्म आतंकवादी मारिएको र उनीहरुका तीनवटा क्याम्प ध्वस्त बनाएको बताइएको छ । उता पाकिस्तानी सेनाले भारतीय सेनाका ९ जना मारिएको दाबी गरेका छन् । भारतका दुईवटा बंकरमा पनि क्षति र्पुयाएको पाकिस्तानको दाबी छ ।

विज्ञापन