श्रीमतीलाई आत्महत्या गर्न दुरुत्साहन आरोपमा बागलुङ नगरपालिका–४ ठूलास्वाराका भुवन केसीलाई आइतबार जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । श्रीमती सुजाता के.सीलाई आत्महत्या गर्न घरपक्षका परिवारले बाध्य बनाएको भन्दै माइती पक्षले आतमहत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीका आधरामा प्रहरीले अनुसन्धानका लागि भुवन केसी, सासु भगवती के.सी तथा ससुरा डम्मर बहादुर केसीलाई पक्राउ गरिएको थियो ।सुजाता केसी ठूलोस्वारा आफ्नै घरमा असोज ५ गते सुत्ने कोठामा सलको पासोलगाएर झुन्डिएकी थिइन् ।आत्महत्या दुरुत्सान मुद्दामा जिल्ला न्यायधीस बसुदेव न्यौपानेको इजलाशले मृतकका श्रीमान भुवन के.सीलाई पुर्पक्षका लागि जेल चलना गरेको छ भने सासु भगवती के.सी र ससुरा डम्मर बहादुर केसी जनही  पचास हजार धरौटीमा रिहा गरेको छ ।

Leave a Reply