धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरी आधार क्षेत्रमा रहेको जापानिज क्याम्प नजिकको हिम ताल । धौलागिरी हिमशृंखलाका ५ हिमाल, सीता चुचुरो र राउन्ड धौलागिरी गर्न जाने पर्यटकलाई हिम तालले आर्कषित गर्ने गरेको छ । इटलीक्याम्पबाट जापानिज क्याम्प जोड्ने पदमार्ग समेत बनेको छ । इटलीक्याम्पबाट स्विस क्याम्प हुँदै जापानिज क्याम्प जोड्ने पुरानो बाटो हिमपहिरोले बगाएपछि बनेको नयाँ पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । तस्वीर सौजन्य सरिता थापा

Leave a Reply