म्याग्दी प्रहरीको खोजीको सूचीमा रहेका नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वका एक यूवा नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा निकट युवा संगठनका म्याग्दी जिल्ला अध्यक्षमालिका गाउँपालिका–१ रिठ्ठेचौरबाट युवा संगठनका जिल्ला अध्यक्ष धनबहादुर पुनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक महेन्दप्रसाद मरासिनीले बताए ।

‘हामीले योजनाबद्ध रुपमै पक्राउ गर्न सफल भएका छौ,‘जिल्लाभित्र रहेका अन्य नेताकार्यकर्ताको खोजीकार्य भइरहेको छ’ उनले भने । इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पुनलाई पक्राउ गरेर राती करिव १० बजे जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । पक्राउ परेका पुन आफ्नै वडामा रहेको जानकारी पाएपछि प्रहरीले खोजीकार्यलाई तिब्र बनाएको थियो । पुनलाई विगतमा एनसेलको टावरमा आगजनी, चन्दा संकलन सहित विभिन्न मुद्धामा छानविन गरिने जनाएको छ ।