म्याग्दीमा राति ९ बजेसम्म देउसी भैलो खेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपालको दोस्रो ठूलो चाड तिहारलाई हर्षोल्लासका साथ मनाउन मर्यादित र अनुशासित तरिकाले देउसी खेल्न, मदिरा सेवन गरी होहल्ला सहित अपराधिक गतिविधि हुन सक्ने भएकाले पनि चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत समयसिमा तोकिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

बेनीअनलाइनसँगको कुराकानीमा ‘छिमेकी जिल्लासँगको तालिका मिलाइएको प्रजिअ ढकालको भनाई छ । छिमेकी जिल्ला पर्वत र बागलुङ क्षेत्रबाट समेत चाडपर्वमा समन्वय गरी सिमा आसपासमा निगरानी बढाउने प्रजिअ ढकालको भनाई छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृखल गतिविधि हुनसक्ने भएको चाडपर्व लक्षित अभियानमा साथ दिने प्रजिअ ढकालले अपिल गरेका छन् ।

उनले देउसी भैलोमा तोकेरै पैसा असुल्ने गतिविधिलाई रोक्न आफ्नो इच्छा अनुसार दान दिन समेत अनुरोध गरेका छन् । मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएकाले विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रशासनले जनाएको छ ।

यसबीच देउसीसँगै जुवातास खेल्नेप्रति निगरानी बढाउनुका साथै अनुमति प्राप्त पसलबाट ९ बजेभन्द्या अगाडी नै मदिरा विक्रीलाई समेत कडाई गरिएको जनाएको छ । तिहारमा मदिरा सेवन गरी होहल्ला गर्ने, जुवातास, कौडा खेल्ने खेलाउनेलाई कारवाही गरिने प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । प्रहरीले दशैतिहारलाई लक्षित गरी साधा पोशाक, मोवाइल गस्ती सहित इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमार्फत बेनी नगरपालिकासँगै जिल्लाका ६ वटै स्थानीय तहमा गस्ती समेत गर्ने जनाएको छ ।

विज्ञापन