बेनी नगरपालिका–८ संगमचोकबाट प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ । करिब ४ बर्षीय बालक रुदै गरेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेपनि परियच खुल्न सकेको छैन् । न्यूरोडदेखि संगमचोक आउने खानेपानी तथा सरसफाई कार्यालयको गल्लीमा भेटिएको बालकको आफन्तको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

थकिन मुद्रामा रहेको बालक बोल्ने भएपनि आफ्नो अभिभावकको परिचय बताउन अस्वीकार गरेपछि पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दी महिला, बालबालिका तथा जेष्ठ नागरिक केन्द्रकी प्रहरी सहायक निरिक्षक शुसिला थापाले बेनीअनलाइनलाई बताईन् । बालबालिकासँग खेल्ने भएपनि परिचय जानकारी नगराएकाले बालकलाई चिन्नुहुने जो कोहीलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।