सदरमुकाम बेनीबजारको संगमचोकमा भेटिएको एक बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । बेनी नगरपालिका–८ संगमचोकबाट प्रहरीले बेवारिसे अवस्थामा भेटिएका बेनी नगरपालिका वडा नं ५ पुलाचौरका बालकलाई आमा अनिशा बोहोराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

न्यूरोडदेखि संगमचोक आउने साविकको खानेपानी तथा सरसफाई कार्यालयको गल्लीमा भेटिएका थिए । दिनभरी आफन्तको खोजीकार्य भएपनि दिप्ती अफसेट प्रेसमा कार्यरत बालकका आमाले सामाजिक सञ्जाल र बेनीअनलाइनमार्फत आफन्तले जानकारी गराएपछि प्रहरीको सम्पर्कमा पुगेकी थिईन् ।कोठामा हजुरबुबालाई जिम्मा लगाएर काममा गएको अवस्थाका बाहिर निस्किएको बालक बजारम विभिन्न पसल हुदै गल्लीमा रुदै गरेको अवस्थामा स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले बिदाको समयमा बालबालिकालाई विषेश ध्यान दिन अनुरोध गदैं जिम्मा लगाएको थियो । दशैंतिहारको विदामा विद्यालय बन्द भएकाले पनि बालबालिका सडक वा खोलामा जाने जोखिम भएकाले दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी आफ्ना छोराछोरीलाई विषेश निगरानी राख्न समेत अनुरोध गरिएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।