शुभदिपावलीको अवसरमा बेनी नगरपालिका–६ छापमा भलिबल प्रतियोगिता सहित विविधि कार्यक्रम सुरू भएको छ । प्रतियोगिताको अवसरमा बोल्न बक्ताले खेलकुदसँगै सामाजिक तथा रचनात्मक कार्यहरुको नेतृत्व यूवापुस्ताले लिनुपर्ने बताएका थिए । ग्रामिण क्षेत्रमा चाडपर्व लक्षित खेलकुद गतिविधिलाई रचनात्मक कार्यहरुमा रुपान्तरण आवश्यक रहेको बताएका थिए ।

प्रतियोगिताको उद्घाटन गदै मोना अन्तराष्ट्रियको महिला तथा बालबालिकाको अक्षय कोषको आर्थिक संयोजक किसान जिसीले यूवाहरुको सक्रियता आवश्यक रहेको बताएका थिए । उनले रोजगारीको अभावमा विदेश पलायन हुनुपर्ने यूवाको बाध्यता भएपनि गाउँसमाजलाई सकरात्मक बाटोतर्फ अगाडी बढाउनुपर्ने दाहित्व यूवाहरुको हातमा रहेको बताए ।

यूकेमा विभिन्न नेपाली संघसंस्थामा समेत आवद्ध रहेका प्रमुअ अतिथि जिसीले गाउँका सामाजिक कार्यमा सधै साथ रहेको बताए । उद्घाटन कार्यक्रमको अवसरमा वडा अध्यक्ष कृष्णबहादुर बानियाँले वडाभित्रका विकास निर्माण सहित विभिन्न कार्यक्रममा यूवाहरुको सक्रियता रहेको बताएका थिए । सोही अवसरमा बागेश्वरी आधारभुत विद्यालयका प्रधानाध्यापक लालबहादुर खत्री, यूवा बिशाख खत्री, मान बहादुर महतले मन्तब्य राखेका थिए ।

प्रतियोगिताको मुख्य आर्कषक खुल्ला भलिबल प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्धितियले क्रमश ५५ हजार ५५५, द्धितिय ३३ हजार ३३३ नगद, ट्रफी र मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अध्यक्षता क्लव अध्यक्ष सुमन खत्री, स्वागत मन्तब्य बिशाल खत्री र सञ्चालन नवीन खत्रीले गरेका थिए । प्रतियोगिताको अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने छ ।