दक्षिण कोरियाली संंस्था अमहंङ स्कलु अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी उत्कृष्ट भएको छ । संस्थाको १० औ बार्षिक उत्सवको अवसरमा काठमाण्डौको होटल याक एण्ड एतिमा आयोजित कार्यक्रममा फाउण्डेशनमार्फत नेपालक विभिन्न १७ जिल्लामा निर्माण गरिएको पूर्वाधार र शैक्षिक कार्यक्रम अन्तरगत सर्वोदय मावि सर्वोत्कृष्ट भएपछि नगद ३ लाख सहित सम्मानित भएको छ ।

बार्षिक उत्सवको अवसरमा गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुन, प्रधानाध्यापक कृष्ण पुन, कम्प्यूटर शिक्षक टक पुन, शिक्षक गोविन्द थापा लगाएतलाई समेत सम्मान गरिएको थियो । सम्मानित विद्यालयले नगद ३ लाख समेत प्राप्त गरेको छ ।

फाउण्डेशनमार्फत विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक गतिविधिका साथै कम्प्यूटर ल्याव लगाएतका पूर्वाधारमा समेत सहयोग भएको थियो । उत्तरी क्षेत्रमा नमुना विद्यालयको रुपमा स्थापित हुदै गएको सर्वोदय माविले सम्मानसँगै थप जिम्मेबारी बढेको अध्यक्ष पुनले बताए । विद्यालयलाई फाउण्डेशनले थप सहयोगको प्रतिबद्धता समेत जनाएको छ । सुुरेन गुरूङ

विज्ञापन