पर्वत जेसिजद्धारा आयोजित पर्वत जिल्लास्तरीय अन्तर मावि सेभेन ए– साइड फुटवल प्रतियोगितामा पर्वतबेनीको न्यू होराईजन आवासीय माविले कालिगण्डकी एकेडेमीलाई पराजित गदैं फाइनलमा प्रवेश गरेको छ । बिहिबार सम्पन्न भएको सेमिफाइनलको खेलमा न्यू होराईजनले ०–२ गोल प्रहार गदैं फाईनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा निरन्तर हावी भइरहेको न्यू होराईजनले क्वाटरफाईनल खेलमा अमर आर्दश आवासिय कुस्मालाई ३ गोल प्रहार गरेको थियो । प्रतियोगिताको पहिलो चरणदेखि नै उत्कृष्ट खेल प्रर्दशन गरेको होराईजनले शुक्रबार फाइनल खेलमा शिवालय माविसँग खेल्ने खेल संयोजक सुरेन्द्र पौडेलले बताए । प्रतियोगितामा प्रथम, द्धितियले क्रमश २० हजार, १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विज्ञापन