बिहान खालीपेटमा मन तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो । कतिपयको पानी पिउनु अघि चिया पिउने बानी हुन्छ । यदी तपाईं पनि पानी पिउनु अघि चिया पिउनुहुन्छ भने अबदेखि कालो चिया पिउनुस् ।

खाली पेटमा कालो चिया पिउँदाका फाइदा
– कालो चियामा पाइने एन्टी अक्सिडेन्टले तपाईंलाई छिट्टै बुढोपन देखिनबाट समेत जोगाउँछ ।
– कालो चियामा एन्टी अक्सिडेन्ट पाइने भएकाले त्यसले तपाईंको शरिरलाई स्वस्थ बनाई रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी गर्छ ।
– चिकित्सकहरुका अनुसार, दिनहुँ कालो चिया पिउने बानी छ भने त्यसले मुटुजन्य रोगलाई समेत बचाउँछ ।
– कालो चियाको नियमित सेवनले क्यान्सर हुनबाट समेत बचाउँछ ।
– यदि तपाईंको शरीरको पसिना गन्हाउने समस्या छ भने नियमित कालो चिया सेवन गर्नुहोस् त्यसले कम गर्छ । (एजेन्सीकाे सहयाेगमा)

Leave a Reply