गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको १८औं साधारणसभा तथा नवौं अधिवेशनको अवसरमा म्याग्दीका एक सञ्चारकर्मी सम्मानित भएका छन् । टोड्के न्यूज डटकमका व्यवस्थापक तथा संवाददाता, म्याग्दीकाली एफएमका प्राविधिक अनिल पौडेल सम्मानित भएका छन् । उनलाई पत्रकारिताको माध्यमबाट गैससको कार्यक्रमहरुमा सहयोग पु¥याएको भन्दै नगद चारहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

पछिल्लो समय पौडेल म्याग्दीको पत्रकारितामा क्रियाशिल रहेका छन् ।  कलिलै उमेरमा पत्रकारिता मार्फत गैससका गतिविधिहरुलाई पत्रकारिता मार्फत सहयोग पु¥याएको भन्दै नगद ४ हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको गैससले जनाएको छ ।पौडेल म्याग्दीमा सञ्चिालित म्याग्दीकाली एफएममा समेत कार्यरत छन् । कार्यक्रममा संस्थाले गैरसरकारी संस्था महासंघलाई सहयोग गरेको भन्दै सल्लाहकार मुक्तिप्रसाद ढुङ्गानालाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

Leave a Reply