म्याग्दीमा जुवातास नियन्त्रण सहित तिहार लक्षित सुरक्षा परिचालन गरेको छ ।शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले राति ९ बजेपछि देउसी भैलो खेल्न र ताकेर पैसा माग्नेलाई तत्काल नियन्त्रणमा लिएर कारवाही प्रक्रिया चलाउने जनाएको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई हर्षोल्लासका साथै मर्यादित र अनुशासित तरिकाले मनाउन बेनीबजारमा जुवातास नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

रातको समयमा देउसी भैलोका नाउँमा उच्छृखल गतिविधि हुनसक्ने भन्दै मदिरा विक्री वितरणलाई समेत रातको समयमा निषेध गर्ने, अवैध रुपमा घरेलु मदिरा नियन्त्रण, पटका पड्काउनेलाई तत्काल नियन्त्रणमा लिने, पटका विक्री वितरण हुने पसलको खोजी लगाएत तिहारमा जिल्लाभर सुरक्षा ब्यवस्थालाई कडाई गर्ने निर्णय भएको प्रमूख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।

उनले जुवातास, कौडा खेलेको जानकारी भएमा तत्कालै प्रहरीलाई खवर गर्न समेत अनुरोध गरेका छन् । मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भन्दै जिल्लाका सबै स्थानीय तहमा रहेका प्रहरीलाई समेत विषेश निर्देशन दिइएको छ । सुरक्षा समितिको बैठकमा प्रजिअ ढकाल, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी, श्रीबक्स गुल्मका सेनानी सुरेश देवकोटा, शसस्त्र प्रहरीका सप्रनाउ प्रकाश माझी र राष्ट्रिय अनुसन्धानका प्रमुख सविन श्रेष्ठको उपस्थिती रहेको थियो ।

शुक्रबार १८ वटा होटलमा छापा
बजार क्षेत्रमा हजारौंको खालमा संगठित रुपमै जुवातास खेल्ने र खेलाउनेहरुको निगरानीमा शुक्रबार दिनभरी प्रनानी सुर्दशन लम्सालको नेतृत्वमा प्रहरीले सम्भावित क्षेत्र सहित १८ वटा होटलमा छापा मारेको छ ।संगठित रूपमा जुवातास खेल्ने र खेलाउनेलाई पक्राउ गर्न निगरानी बढाइएको प्रहरीले जनाएको छ।

साना र ठूला ब्यापारीहरुको फरकफरक स्थानमा जुवातासको अखडा भएको हुनसक्ने अनुमान सहित प्रहरीले १८ जनाको टोली हुने गरी साधा र निगरानीमा खटाएको छ । प्रहरीले जुवातास, कौडा खेल्नेको खोजी गर्ने हालै सरुवा भएर आएका प्रहरी सहितको टोली खटाएको जनाएको छ । प्रहरी खटाइएको छ र उनीहरूको जिम्मेवारी जुवातास र कौडा खेल्नेको खोजी पनि हो। प्रहरीले होटल तथा रेष्टुरेन्ट, नियमित जुवा खेल्ने स्थानहरुका बारेमा जानकारी दिन समेत प्रहरीले अनुरोध गरेको छ ।

विज्ञापन