‘अग्रजको सम्मान, अनुजलाई प्रोत्साह ! भाषा, साहित्य, समाजसेवा हाम्रो अभियान’ भन्ने मूल नारासहित साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजनामा शनिबार सदरमुकाम बेनीमा १ सय ११औं लक्ष्मीजयन्तिको अवसर पारेर बुलबुलमा हामी गजलवाचन विशेष कार्यक्रम गरिएको हो । नवोदित साहित्यिक वाचनालय कतार अनेसास कतार शाखा सहआयोजक रहेको कार्यक्रममा ७ जना गजलकारहरुले आ–आफ्ना गजलवाचन गरेका थिए।

कार्यक्रममा कान्ति पौडेल, विभा ढुङ्गाना, अमर स्पन्दन, ईन्द्र वियोगी, नारायण अभिलाषीले दुई–दुईवटा गजल तथा नकुल पौडेल र प्रदीप रोदनले आठ–आठवटा गजलवाचन गरेको आयोजकले जनाएका छन् । कार्यक्रमको अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्विमा माल्यार्पण गरिएको थियो । बुलबुलमा हामी गजल विशेष कार्यक्रमको उद्घाटन गर्दै प्रगतिशिल लेखक संघ म्याग्दीका अध्यक्ष राजु केसीले साहित्यमार्फत समाज रुपान्तरण र परिवर्तनमा सहयोग पु¥याउन सकिने धारणा राखेका थिए ।

उक्त कार्यक्रममा नकुल पौडेल र प्रदीप रोदनको प्रमुख गजलकारका रुपमा सहभागिता रहेको थियो । कार्यक्रम म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दीप खत्रीको अध्यक्षता, सचिव हिरा शर्माको स्वागत र नवोदित साहित्यिक वाचनालय कतार अनेसास कतार शाखाका महासचिव तिलु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा १ सयबढी गजल श्रोताको उपस्थिति रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि र गजलकारहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

विज्ञापन